२६ साउन, काठमाडौँ - माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले वर्तमान सरकार लामो समय नचल्ने बताएका हुन् । सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे । आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसदमा र बाहिर पनि…
२५ साउन, काठमाडौँ - भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । शुक्रबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले साउन २७ र २८ गते नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ हुने विषयमा सहकार्य गर्दै अघि बढ्नेलगायत विभिन्न पक्षहरुमा कुराकानी गर्ने…
२४ साउन, काठमाडौँ - सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकबाट जीवमैत्री…
२३ साउन, काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको बताएका छन् । उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, 'अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।'…
२२ साउन, विराटनगर - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको बताएका छन् । दाहालले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे । विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै आत्मालोचना गरेका हुन् । ‘आफू प्रदूषित भएकोमा आत्मालोचना गर्छु । ममात्रै होइन, पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उनले भने, ‘जनयुद्धका बेलाका हजारौं ‘होलटाइमर’ कार्यकर्तालाई व्यवस्थापन गर्न हामी प्रहर्षित भयौं । तर, दलाल पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो ।’ माओवादी…
२१ साउन, काठमाडौँ - बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी हुन् । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन । हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् । गत…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए । उनले भने, 'एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरुले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरुले बुझ्न जरुरी छ ।…
१९ साउन, काठमाडौं - जेठ २८ यता शनिबारसम्म बाढी, पहिरो र मनसुनजन्य विपद्मा परेर १५० जनाको ज्यान गएको छ भने १४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट ४ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा…
१८ साउन, काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए । उद्योेगी व्यवसायीहरुलाई विद्युत प्राधिकरणले पठाएको कुनैपनि बिलमा चित्त नबुझ्दा पुनरावेदन गर्न पाउने भएपनि अहिलेसम्म कतै नगएर विवाद सिर्जना भएको उल्लेख गरे । ‘डेडिकेटेड र ट्रंकलाइनको बीच समयको वक्यौता रकम लिने निर्णय गरेका छौं । लोडसेडिङ अन्त्य भएपछिको वक्यौता अदालतमा मुद्दा परेकाले अदालतको निर्णय नआएसम्म स्थगन गर्ने निर्णय भएको छ । बीचको रकम प्राधिकरणले…
१८ साउन, काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि…