५ भदौ, काठमाडौँ - राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनिहरुले सहकारी ठगहरुको सम्पत्ति तत्काल राज्यले जफत गरी अनुसन्धान अघि बढाउनुपर्ने र पीडितहरुको बचत रकम फिर्ता गर्नुपर्ने माग गरे । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुने गरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले गरिबको पैसामा मोज गर्ने…
३ भदौ, काठमाडौँ - भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपालले प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिजुली बेच्ने भएको छ । नेपालले द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको हो । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५.००४ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । प्राधिकरणका अनुसार १० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५.००४ मेगावाट विद्युत बिहारलाई बेच्नेछ । बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ ।…
२ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेमा हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । थामेको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख गरिएको छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे…
१ भदौ, काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत सरोकारवाला निकायको टोलीले शनिबार बाढी आएको क्षेत्रको हेलिकोप्टरमार्फत निरीक्षण गरेपछि पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो । त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । पाण्डेका अनुसार अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । एउटा हिमताल भने सुरक्षित देखिएको छ । अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले…
३२ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने विषयमा चासो देखाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिए । त्यस्तै प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजुु, ल्याङ र…
३१ साउन, काठमाडौँ - नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी समिति बैठकले १८ वर्षदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रिया सत्तापक्ष र प्रतिपक्षबीच सर्वसम्मत हुनु शान्ति प्रक्रियाको अर्को कदम भएको निष्कर्ष निकालेको हो । अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सर्वसम्मत हुनु महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसलाई पूर्णरुपमा सफल बनाउनु पर्ने बताए । ‘शान्ति प्रक्रिया महत्वपूर्ण काम भएको छ । मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’…
३० साउन, काठमाडौँ - प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतले पारित भएको छ । बुधबार दिनभर छलफलपछि प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ (टीआरसी) पारित गरेको हो । बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफल सकिएपछि सभामुख देवराज घिमिरेले (टीआरसी) निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिनेछ । बैठकमा विधेयक प्रस्तुतअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । त्यसपछि…
२९ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने ओलीको भनाइ थियो । बालबालिकाहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको उनले बताए । ‘बालबालिका सडकमा हुनु हुँदैन । सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ,’ उनले भने, 'हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकविहीन भएर सडकमा…
२८ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन आग्रह गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चित गर्न सकिनेबारे बताए । उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउनेबारे प्रस्ताव गरे । मन्त्री पौडेलले भने, 'मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको…
२७ साउन, काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले अल्पकालीन र दीर्घकालीन गरी १४ बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन् । मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् । स्वास्थ्य बिमा कार्यक्रमको सुधार उनको मुख्य प्राथमिकतामा छ । बिमा सुविधाकोे दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्याउने र प्रेषण प्रणाली सहज बनाउने उनको प्रस्ताव छ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा…