Skip to main content

Epost Nepal

Breaking News 2

माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न पुष्पकमल दाहालको सबैलाई आग्रह

माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न पुष्पकमल दाहालको सबैलाई आग्रह

१४ भदौ, सुर्खेत - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् । पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आइपुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए । त्यसका लागि माओवादी केन्द्रले एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्षले सबैलाई आग्रह गरे । विस्तृत शान्ति सम्झौतालाई संविधानको…
Read More
वरियतामा चौथो नम्बरमा रहेका एकनारायण अर्याल नियुक्त भए मुख्यसचिवमा

वरियतामा चौथो नम्बरमा रहेका एकनारायण अर्याल नियुक्त भए मुख्यसचिवमा

१३ भदौ, काठमाडौं - सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए । तर सरकारले चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको छ ।
Read More
अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले टीआरसी विधेयक पारित भएकोमा गरे स्वागत

अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले टीआरसी विधेयक पारित भएकोमा गरे स्वागत

१३ भदौ, काठमाडौं - अमेरिका लगायत यूरोपियन युनियनसहित १० राष्ट्रले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका छन् । अमेरिका, स्विजरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकको स्वागत गरेका हुन् । “नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको हामी निम्नानुसारका हस्ताक्षरकर्ता स्वागत गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्नेतर्फ लागको उनीहरुले जनाएका छन्…
Read More
जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

१२ भदौ, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन् । बुधबार मन्त्री भट्टराईले मन्त्रालयमा संचारकर्मीसँग छलफल गर्दौ शिक्षा क्षेत्रमा देखिएको राजनीति समस्याको सामाधान राजनीति दलहरुबाटै खोज्नु पर्ने उल्लेख गरिन् । यसका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो । ‘जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन नि तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिन्दैन,’ मन्त्री भट्टराईले आफ्नो शिक्षा सुधारको कार्यढाँचा प्रस्तुत गर्दै भनिन्, ‘विद्यालयदेखि विश्वविद्यालयहरुमा बढ्दै गएको राजनीति हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर सुधार हुन सकिरहेको छैन । शिक्षामा राजनीति हस्तक्षेप रोक्न मेरो प्रयास जारीनै छ ।’…
Read More
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

११ भदौ, अष्ट्रेलिया (एजेन्सी) - अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । मंगलबार गरेको घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् । उनले निर्धारित सीमाहरू, संसदले…
Read More
परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१० भदौ, कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको अबको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापन गर्दै अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । 'हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो', उनले भने । अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र…
Read More
न्याय परिषद्को बैठक निष्कर्षविहीन

न्याय परिषद्को बैठक निष्कर्षविहीन

९ भदौ, काठमाडौँ - न्याय परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो । हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ । न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भएपनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ । -रासस
Read More
सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको हो: प्रधानमन्त्री केपी शर्मा ओली

सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको हो: प्रधानमन्त्री केपी शर्मा ओली

८ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने भन्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताएका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको दाबी गर्दै अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भरोसा पनि राख्न आग्रह गरेका गरे । युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी…
Read More
तनहुँमा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु

तनहुँमा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु

७ भदौ, काठमाडौँ - तनहुँको आँबुखैरेनी गाउँपलिका–२, ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । १५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक…
Read More
सहकारी ठगी प्रकरण: छानबिन समितिले सोधपुछका लागि बोलायो रास्वपाका सभापति रवि लामिछानेलाई

सहकारी ठगी प्रकरण: छानबिन समितिले सोधपुछका लागि बोलायो रास्वपाका सभापति रवि लामिछानेलाई

६ भदौ, काठमाडौँ - रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ । स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो । समिति सचिवालयका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ । समितिले लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका बेला नै सोधपुछका लागि बोलाउन खोजेको थियो । त्यतिबेला लामिछानेले समितिमा उपस्थित हुन…
Read More