१३ साउन, काठमाडौं - भ्रष्टाचारको आरोप लागेका तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले अर्याललाई धरौटी लिएर रिहा गर्न आदेश दिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए ।…
१२ साउन, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए । अध्यक्ष दाहालले त्यस्तो परिस्थितिमा आफू फेरि सडकमा पलेटी कसेर जनदबाव सिर्जना गर्न बाध्य हुने चेतावनी दिए । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने बताए । दुई वटा ठूला पार्टीले गर्न…
११ साउन, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दाहालले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको अध्यक्ष दाहालले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिइएको सापकोटाले बताए । शुक्रबार पदाधिकारी बैठकमा ६…
१० साउन, काठमाडौं - सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् । नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन् । विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी गड्तौला आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । त्यसपछि उमेरहदका कारण निवृत्त हुनेछिन् ।
९ साउन, काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।
९ साउन, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो ।
७ साउन, काठमाडौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ । सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो । त्यस्तै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ । महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर-२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । ९ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा…
६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय…
४ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गरे । ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको भन्दै उनले भने, 'म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।' प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष…
३ साउन, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताए । उनले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उनको भनाइ छ । 'राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ', उनले भने ।…