Skip to main content

Epost Nepal

Breaking News 1

निर्वाचन सम्बन्धी कानुनहरू पुनरावलोकन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

निर्वाचन सम्बन्धी कानुनहरू पुनरावलोकन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश

२२ साउन, काठमाडौँ - सर्वोच्च अदालतले आउने चुनावअघि प्रतिनिधि सभा तथा अन्य तहका निर्वाचन सम्बन्धी कानुनहरू पुनरावलोकन गर्न निर्देशनात्मक आदेश दिएको छ । पछाडि परेका वर्गलाई निर्वाचित पदमा पुर्‍याउने गरी विभिन्न तहका निर्वाचन सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्न सर्वोच्चले उक्त आदेश दिएको हो । बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले समानुपातिक निर्वाचनबाट निर्वाचित ११० सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न माग गर्दै रिट दिएका थिए । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

२१ साउन, काठमाडौँ - नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । सुदूरपश्चिम यसपटक नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । सबैको आकर्षण मानिने आर्थिक मामिला कांग्रेस…
Read More
अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता छ : प्रधानमन्त्री केपी शर्मा ओली

अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता छ : प्रधानमन्त्री केपी शर्मा ओली

२० साउन, ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए । 'मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ', प्रधानमन्त्री ओलीले भने । उनले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने…
Read More
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

२० साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् । आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने  निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।  एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा…
Read More
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१८ साउन, धनगढी - सुदूरपश्चिम प्रदेशमा साउन २० गते आइतबार भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । हाल दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिममा यी…
Read More
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

१८ साउन, काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका छन् । शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन् । प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए । तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए । नेपाली कांग्रेससँग सहमतिपश्चात असार २८ गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन्। योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ। यहाँ…
Read More
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

१८ साउन, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्। परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए। कक्षा १२ को…
Read More
जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु

जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु

१६ साउन, काठमाडौं - अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ४५ जनाको मृत्यु भएको हो । उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा…
Read More
आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने माओवादी केन्द्रको निर्णय

१५ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 'आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो,' उनले भने । प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । 'बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ,' उनको…
Read More
३ प्रदेशका प्रमुख हेरफेर

३ प्रदेशका प्रमुख हेरफेर

१४ साउन, काठमाडौं - सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् । यसअघि वाग्मतीको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियार थिए । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।
Read More