२६ भदौ, काठमाडौं - नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए । ‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’…
२५ भदौ, पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीपीडितहरूले पोखरामा कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन आएका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् । बिरौटास्थित बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको…
२० भदौ, काठमाडौं - संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ओली असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री…
१९ भदौ, काठमाडौं - नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा दुई दिनसम्म बसेको बैठकले वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको हो । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाउँदै भने, 'वामपन्थीको नाममा तत्काल कुनै मोर्चा बन्दैन । त्यसको सम्भावना पनि छैन ।' बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आचरणहीन र चरित्रहीन कुरा पार्टीले नसहने बताएका थिए । 'पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि चल्दैन । कि राजनीति गर कि इन्जोए गर,' उनले भने । अध्यक्ष ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए ।…
१८ भदौ, काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न एमाले नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । साथै उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताए । ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए । ‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग…
१७ भदौ, काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा संसद्बाट गरिएकाे खबरदारीलाई सरकारले बेवास्ता गरे सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिइएको हो । ‘प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्नेछ’ आइतबार पठाइएको परिपत्रमा भनिएको छ, ‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन् अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ ।’ एमाले अध्यक्ष…
१६ भदौ, काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हिरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्। गृह मन्त्रालयले जारी गरेको सूचना सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न)मा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ। सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा…
१५ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने बताएका छन् । शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गरे । उनले नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको दाबी गरे । 'नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन,' प्रधानमन्त्री ओलीले…
१४ भदौ, काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताए । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्ने गरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानका आधारभूत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो…
१३ भदौ, काठमाडौं - दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमती पत्र नवीकरणका लागि सरकारले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई अब चार किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको हो । एनसेलले बुझाउने चार किस्तामध्ये पहिलो किस्तामा अतिरिक्त शुल्क लाग्ने छैन । दोस्रो, तेस्रो र चौथो किस्तामा सरकारले १० प्रतिशतका दरले ब्याज लिने छ । यस कामका लागि सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइेसन्स) अवधि सकिँदै छ । त्यसअघि नै सरकारले किस्ता सुविधा दिएर लाइेसन्स नवीकरण गर्ने निर्णय गरेको हो ।…