Skip to main content

Epost Nepal

Breaking News 1

अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई गृहमन्त्रीको निर्देशन

अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई गृहमन्त्रीको निर्देशन

१६ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा यातायात सहजरुपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफलपछि गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्‌बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका थिए । विपद्‌मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ/संगठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 'विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको…
Read More
सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नु पार्‍यो: प्रधानमन्त्री केपी शर्मा ओली

सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नु पार्‍यो: प्रधानमन्त्री केपी शर्मा ओली

१५ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नुपरेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको हुनसक्ने उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका छन् । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए । 'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ 'प्रधानमन्त्री…
Read More
राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

१४ असोज, काठमाडौं - बाढीपहिरोले जनधनको ठूलो क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ । त्यस्तै बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा सरकारले एक अर्ब  रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । कोषमा अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने छ । यसैगरी मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा…
Read More
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

१४ असोज, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
Read More
बाढी-पहिरोका कारण करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द, करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति

बाढी-पहिरोका कारण करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द, करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति

१३ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढी-पहिरोले करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेका छन् । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले  जनाएको छ । 'आपत्कालीन अवस्थामा अधिकांश विद्युत् गृहहरुको उत्पादन रोकिएको छ,' उनले भने । अविरल वर्षाले १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको खड्काको भनाइ छ । मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा…
Read More
भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४८ जना

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४८ जना

१२ असोज, काठमाडौं - भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। त्यस्तै ७२ जना बेपत्ता छन् । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको पुष्टि गरे । बाढी-पहिरोमा परेर ३६ जना घाइते भएका छन् । न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशमा ९, मधेस प्रदेशमा १, काठमाडौं उपत्यकामा २१, बागमतीमा ३९ र…
Read More
अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । वर्षाकै कारण पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । सात सय २८ जनाको उद्धार गरिएको छ । काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको हो । अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खाेलाकाे बहाव खतराकाे तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलाे धनमालकाे पनि क्षति भएपनि…
Read More
बागमती नदीले पार गर्यो खतराको तह, उच्च सतर्कता अपनाउन अनुरोध

बागमती नदीले पार गर्यो खतराको तह, उच्च सतर्कता अपनाउन अनुरोध

११ असोज, काठमाडौं -बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा…
Read More
सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

१० असोज, काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश दिएको हो । २०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिहनुनपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय…
Read More
बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने प्रक्षेपण

बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने प्रक्षेपण

९ असोज, काठमाडौं - जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटि जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । यो क्रम असार १३ गते आइतबारसम्मै रहने बताइएको छ । ´बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण  २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम…
Read More