३० असोज, काठमाडौं - आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको…
२६ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरू गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन् । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेको जनाइएको छ । विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् ।-रासस
२४ असोज, काठमाडौं - नेकपा एमालेले लोकतन्त्र,गणतन्त्र,संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता,विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना,राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन,कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए । सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा…
२२ असोज, काठमाडौं - काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाइएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । केयूकेएलका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले खानेपानी मन्त्रीसहित सरकारी अधिकारी र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा भएको छलफलले समझदारी गरेर सुन्दरीजलमा पानी पथान्तरण गरिएको र त्यहाँबाट काठमाडौं उपत्यकामा पठाइएको बताए । मेलम्चीबाट…
२१ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको भन्दै उनले त्यसतर्फ सरकारले विशेष…
२० असोज, काठमाडौं - नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । विभागका अनुसार कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ । 'मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,' विभागले भनेको छ । आइतबार पनि देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रह्यो । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा…
१९ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका छन् । शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनशन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरे । गृहमन्त्री लेखकले स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए । उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको स्पष्ट पारे । उनले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई…
१८ असोज, काठमाडौं - सरकारले बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित पालिकाहरूमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको हो । गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय ३९ जनाको मृत्यु भएको छ । १९ अझै बेपत्ता छन् । सयौं परिवार घरवारविहीन हुन पुगेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष…
१८ असोज, काठमाडौं - सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । असोज ११ र १२ गते को अविरल वर्षाले देशको विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय २९ जनाको मृत्यु भएको छ । कयौं अझै बेपत्ता छन् । सयौं परिवार घरबारविहीन हुन पुगेका छन् । बाढी र पहिरोले बढी प्रभावित क्षेत्रमा तीब्र गतिमा राहत, उद्दार तथा पुनर्निमाणको कार्य गर्न सरकारले ती क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्रका रूपमा तोक्न लागेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको…
१७ असोज, काठमाडौं - नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न सम्झौता भएसँगै नेपाललाई तेस्राे मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ । त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको…