Skip to main content

Epost Nepal

प्रमुख समाचार

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलियो

१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Read More
सिन्धुलीको मुलकोट र खुर्कोट बजारमा सुनकोसी नदी पस्यो

सिन्धुलीको मुलकोट र खुर्कोट बजारमा सुनकोसी नदी पस्यो

१२ असोज, सिन्धुली - सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ । सुनकोसीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् । त्यस्तै खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेका छन् ।
Read More
बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध

१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको बाढीले सडक बगाएपछि बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीले जनाएको छ । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।
Read More
देशका धेरै स्थानमा वर्षा, शनिबार  दिउँसो पनि देशभर पानी पर्ने

देशका धेरै स्थानमा वर्षा, शनिबार दिउँसो पनि देशभर पानी पर्ने

१२ असोज, काठमाडौं - देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुका साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ । आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी,…
Read More
कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो

कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो

१२ असोज, मकवानपुर - अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएपछि ड्यामको ढोका खोलिएको हो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष…
Read More
अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अवरुद्ध

१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी  छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ । राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।
Read More
बागमती नदीले पार गर्यो खतराको तह, उच्च सतर्कता अपनाउन अनुरोध

बागमती नदीले पार गर्यो खतराको तह, उच्च सतर्कता अपनाउन अनुरोध

११ असोज, काठमाडौं -बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा…
Read More
गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

११ असोज, पोखरा - सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । असोज ६ मा काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति मागेको थियो । अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको हो । गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत…
Read More
आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

११ असोज, काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । 'आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ', आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई…
Read More
काठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना: नाकाहरुमा हरेक दिन कुकुर परिचालन गरिने, ड्रोन क्यामेरामार्फत पनि निगरानी

काठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना: नाकाहरुमा हरेक दिन कुकुर परिचालन गरिने, ड्रोन क्यामेरामार्फत पनि निगरानी

११ असोज, काठमाडौं - काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् । प्रहरीले यस सुरक्षा योजनाका लागि ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ नारा तय गरेको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाएको हो । लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा…
Read More