१६ कात्तिक, काठमाडौं — चिकित्सा शिक्षा सुधारको माग राख्दै गत बिहीबारदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।
इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो।
सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए।
डा. केसीका अनुसार यो उनको २५औँ सत्याग्रह हो।