Skip to main content

Epost Nepal

अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अवरुद्ध

१२ असोज, काठमाडौं – अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी  छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *