Skip to main content

Epost Nepal

न्युयोर्कमा ओली–मोदी बीच भेटवार्ता

७ असोज, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेट भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच न्युयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको हो ।

भेटपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन् ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन् । उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *