Skip to main content

Epost Nepal

सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

७ असोज, काठमाडौं – सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप भएको छ ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार साँझ पोखरा लगिएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो । समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *