Skip to main content

Epost Nepal

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई कास्की पुर्‍याइयो

६ असोज, काठमाडौं – सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ ।

आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *