Skip to main content

Epost Nepal

न्याय परिषद्को बैठक मंगलबार हुने तय

१९ असोज, काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जनाएको छ।

हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको न्याय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *