Skip to main content

Epost Nepal

देउवा पक्षको भेलाले गर्‍यो सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

१ भदौ, काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ।

साउन २९ गतेदेखि सुरु भएको भेला आज सम्पन्न भएको हो। भेलाले विभिन्न पाँचवटा निर्णय गरेको छ।

धर्मसम्बन्धी निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ। साथै, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

निर्णयमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ।’

गत पुसमा भएको विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। त्यसपछि देउवा पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *