Skip to main content

Epost Nepal

‘चुनाव होइन, सुशासन’ भन्दै काठमाडौंमा जेन-जी युवाहरूको प्रदर्शन

७ पुस, काठमाडौं — सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ। ‘जेन–जीको माग चुनाव होइन, सुशासन’ भन्ने नारा सहित मिराज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनका क्रममा उनीहरूले सबै राजनीतिक दल समेटिएको सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। सोही क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई केही समयका लागि नियन्त्रणमा लिएको थियो।

यसअघि ढुंगानासहितको समूहले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेको भए पनि प्रशासनले अनुमति नदिएको जनाएको छ। अनुमति नलिई प्रदर्शन सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। समूहले हाल पनि प्रदर्शन जारी राखेको छ र प्रदर्शनकारीहरू माइतीघर क्षेत्रमा नै भेला भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *