Epost Nepal

प्रधानमन्त्री सुशीला कार्कीको दाबी, ‘संविधानअनुसारै नियुक्त भएकी हुँ’

प्रधानमन्त्री सुशीला कार्कीको दाबी, ‘संविधानअनुसारै नियुक्त भएकी हुँ’

प्रधानमन्त्री सुशीला कार्कीको दाबी, ‘संविधानअनुसारै नियुक्त भएकी हुँ’

१६ मंसिर, काठमाडौं−  प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफू संविधानअनुरूप नै प्रधानमन्त्री बनेको स्पष्ट गरेकी छन्। उनले भनिन्, ‘यो सरकार नियमित अवस्थामा बन्ने सरकारभन्दा अलग प्रकृतिको हो । म प्रधानमन्त्रीका रूपमा अविच्छिन्न सरकार चलाउने गरी नियुक्त भएकी होइन ।’ प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले पनि यही बेहोराको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन्। दुवैले पेस गरेको जवाफमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएको र उनको सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा फरक रहेको दाबी दोहोर्याइएको छ। कार्की नेतृत्वको सरकारको समर्थन गर्दै प्रतिनिधिसभा विघटन गलत नभएको तर्क पनि त्यसमा राखिएको छ। सरकार चुनावी…
Read More
नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न एआई तालिम काठमाडौँमा

नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न एआई तालिम काठमाडौँमा

१६ मंसिर, काठमाडौं — नेपालमा डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोसन एन्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) द्वारा आयोजित र नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको सस्टेनेबुल टुरिजम प्रोजेक्टको सहकार्यमा यो तालिम काठमाडौंको एक होटलमा सुरु गरिएको हो। तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकलसम्बन्धी कर्मचारीहरूलाई एआई प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा जानकारी व्यवस्थापन तथा ग्राहक सेवा स्वचालनजस्ता सीपहरू व्यावहारिक रूपमा सिकाइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए। विश्व पर्यटन बजारमा तीव्र…
Read More
सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो। यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ। घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।
Read More
बजारमा सुनको गिरावट, चाँदीको वृद्धि

बजारमा सुनको गिरावट, चाँदीको वृद्धि

१६ मंसिर, काठमाडौं — नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३०० रुपैयाँले कम भएको हो। मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार (मंसिर १५) छापावाल सुनको मूल्य दुई लाख ५३ हजार ६०० रुपैयाँ थियो। यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।
Read More
भदौ २३ को घटना– पूर्वराष्ट्रपति भण्डरीले तत्कालीन सरकारलाई जिम्मेवार ठहराइन्

भदौ २३ को घटना– पूर्वराष्ट्रपति भण्डरीले तत्कालीन सरकारलाई जिम्मेवार ठहराइन्

१६ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएका छिन l सो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनको 'फायर साइड' कार्यक्रमसँगको अन्तर्वार्तामा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले सरकारको नेतृत्वमा रहेका ओलीले नै उक्त घटनाको जिम्मेवारी स्वीकार गर्नुपर्ने टिप्पणी गरेकी हुन्। उनले भनिन्, “त्यो समय सरकार कसको थियो ? घटना त्यही सरकारले चलाइरहेका बेला भएको हो। प्राकृतिक प्रकोप हुँदा पनि सरकारलाई नै व्यवस्थापन न गर्नुभएको भनेर दोष लाग्छ। यहाँ त विद्यार्थीहरूको जुलुसमा सुरक्षा व्यवस्था पर्याप्त नहुँदा ठूलो दुर्घटना भयो। एउटै घटनामा २२ जना ज्यान जानु…
Read More
हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

१६ मंसिर, काठमाडौं − विश्वका ठूला हतियार उत्पादक कम्पनीहरूले हतियार तथा सैन्य सेवाको बिक्रीबाट गर्ने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ। युक्रेन र गाजामा जारी द्वन्द्व तथा विभिन्न देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढ्दै गई आम्दानी ६७९ अर्ब डलर पुगेको एपी समाचार संस्थाले उल्लेख गरेको छ। यो रकम अहिलेसम्मकै उच्च स्तर हो। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) का अनुसार, यो वृद्धि मुख्यतः युरोप र अमेरिकामा आधारित कम्पनीहरूले तानेका हुन्। चीनको हतियार उद्योगमा देखिएका समस्याका कारण एसिया र ओसिनियाबाहेकका क्षेत्रहरूमा आम्दानी बढेको बताइएको छ। विश्वस्तरमा आम्दानी वृद्धि अमेरिकाका शीर्ष १०० हतियार उत्पादक कम्पनीमध्ये रहेका ३९ मध्ये ३० कम्पनीको…
Read More
गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ। रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ। युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो। दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका…
Read More
नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

१४ मंसिर, काठमाडौं − नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक विषय भएको बताएका छन्। उनका अनुसार, समयको मागअनुसार यस्तो प्रक्रिया स्वतः अघि बढ्ने भएकाले लगातार बल दिएर भन्नुपर्ने विषय होइन। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, “अधिवेशन हुँदा कमिटीमा केही साथी हट्छन्, नयाँहरू आउँछन्—यो सामान्य प्रक्रिया हो। पुनर्गठन हुन्छ, हस्तान्तरण र पुस्तान्तरण पनि हुन्छ। यो नहुने भनेर कसैले रोक्न पनि सक्दैन। आवश्यकताअनुसार नै यी सबै प्रक्रिया अघि बढ्छन्।” उनले अधिवेशनको आवश्यकता पनि यही कारणले पर्ने उल्लेख गरे। “अधिवेशन विधि–विधान, संगठनात्मक र नीतिगत विषय, राजनीतिक कार्यको समीक्षा तथा आगामी…
Read More
नेप्से ओरालो, सर्किट ब्रेकर लागेका कम्पनीहरू र उच्च गुमाउने सेयर

नेप्से ओरालो, सर्किट ब्रेकर लागेका कम्पनीहरू र उच्च गुमाउने सेयर

१४ मंसिर, काठमाडौं − साताको पहिलो कारोबार दिन आइतबार (मंसिर १४) नेपाल स्टक एक्सचेन्ज (नेप्से) उल्लेखनीय रूपमा घटेको छ। नेप्से सूचकांक २६.५१ अंकले तल झरेर २६४९.५२ विन्दुमा पुगेको छ। सूचकांक ओरालो लागे पनि ४५ कम्पनीका सेयर मूल्यमा वृद्धि देखियो भने २११ कम्पनीका सेयरमा गिरावट आएको नेप्सेले जनाएको छ। यस दिन कुल ३४२ कम्पनीका सेयर ८४ हजार १५६ पटक कारोबार भएका छन्। कारोबार रकम सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ३३३ रुपैयाँ पुगेको छ भने कारोबार भएको सेयर संख्या एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता रहेको छ। सागर डिस्टिलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र…
Read More
रास्वपा–विवेकशील साझाको एकता सार्वजनिक

रास्वपा–विवेकशील साझाको एकता सार्वजनिक

१४ मंसिर, काठमाडौं − राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ। आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत दुवै पार्टीले एकताको घोषणा गरेका हुन्। रवि लामिछाने नेतृत्व रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच केही दिनअघि नै एकतामा सहमति बनेको थियो। विवेकशील साझाले आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रस्ताव अनुमोदन पनि गरिसकेको थियो। त्यसअघि, दुवै पार्टीले कार्यदल गठन गरी एकता प्रक्रियाबारे विस्तृत छलफल गरेका थिए। तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सहभागी नबन्ने भएका छन्। नाम र चुनाव चिह्न रास्वपाकै रहने सहमतिसहित विवेकशील साझाले एकतामा जाने निर्णय गरेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search