Epost Nepal

रास्वपा–विवेकशील साझाको एकता सार्वजनिक

१४ मंसिर, काठमाडौं − राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत दुवै पार्टीले एकताको घोषणा गरेका हुन्।

रवि लामिछाने नेतृत्व रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच केही दिनअघि नै एकतामा सहमति बनेको थियो। विवेकशील साझाले आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टी एकताको प्रस्ताव अनुमोदन पनि गरिसकेको थियो। त्यसअघि, दुवै पार्टीले कार्यदल गठन गरी एकता प्रक्रियाबारे विस्तृत छलफल गरेका थिए।

तर विवेकशील साझाका नेता मिलन पाण्डे भने यो एकतामा सहभागी नबन्ने भएका छन्।
नाम र चुनाव चिह्न रास्वपाकै रहने सहमतिसहित विवेकशील साझाले एकतामा जाने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search