Epost Nepal

नेप्से ओरालो, सर्किट ब्रेकर लागेका कम्पनीहरू र उच्च गुमाउने सेयर

१४ मंसिर, काठमाडौं − साताको पहिलो कारोबार दिन आइतबार (मंसिर १४) नेपाल स्टक एक्सचेन्ज (नेप्से) उल्लेखनीय रूपमा घटेको छ। नेप्से सूचकांक २६.५१ अंकले तल झरेर २६४९.५२ विन्दुमा पुगेको छ।

सूचकांक ओरालो लागे पनि ४५ कम्पनीका सेयर मूल्यमा वृद्धि देखियो भने २११ कम्पनीका सेयरमा गिरावट आएको नेप्सेले जनाएको छ।

यस दिन कुल ३४२ कम्पनीका सेयर ८४ हजार १५६ पटक कारोबार भएका छन्। कारोबार रकम सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ३३३ रुपैयाँ पुगेको छ भने कारोबार भएको सेयर संख्या एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता रहेको छ।

सागर डिस्टिलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकका सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ। एनआईएमबी डिबेन्चर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, स्वेतगंगा हाइड्रो र हिमालयन हाइड्रो भने अत्यधिक गिरावट भोग्ने शीर्ष कम्पनीका रूपमा देखिएका छन्।

समूहगत उपसूचकमा म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ तथा म्युचुअल फन्ड मात्र बढेका छन् भने बाँकी ११ सूचकहरु घटेका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search