१६ मंसिर, काठमाडौं — नेपाली बजारमा मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३०० रुपैयाँले कम भएको हो।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार (मंसिर १५) छापावाल सुनको मूल्य दुई लाख ५३ हजार ६०० रुपैयाँ थियो।
यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको छ। चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।



