Skip to main content

Epost Nepal

संविधान संशोधन आवश्यक: नेता निधी

२० पुस, जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई थप मजबुत बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मधेस प्रदेशबाट केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता निधीले संघीयता सुदृढ बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “संविधान संशोधनबिना संघीय प्रणालीलाई प्रभावकारी बनाउनु सम्भव छैन।”

नेता निधीले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादवलगायत नेताहरूको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *