Skip to main content

Epost Nepal

हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ?: रवि लामिछाने

६ जेठ, काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्।

‘मेरो प्रश्न छ- हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिऊँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिजीले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्य मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई सम्झिएर भने हुन्छ कि मेरा लागि आएको त्यो अफर थियो कि थिएन।’

त्यस्तै गृहमन्त्री बन्न नमिल्ने भनेको विषयबारे प्रधानमन्त्रीको अफर कुन नैतिकताले मिल्ने भनेर प्रश्न गरेका हुन्।

‘म गृहमन्त्री बन्न नमिल्ने भए, प्रधानमन्त्री कुन नैतिकताले मिल्ने रहेछ? अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हुँ। केही गोपनियता अवश्य पनि राखौंला,’ उनले संसदमा भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *