Skip to main content

Epost Nepal

प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित

२८ बैशाख, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ ।

प्रतिनिधिसभाको बजेट अधिवशेन सुरु भएकै दिन कांग्रेसले सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाका दुइटा बैठक बसे । ती दुवै बैठकमा कांग्रेस सांसद्हरुले वेल घेराउ गर्दै नाराबाजी गरे । दोस्रो बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीका बीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएका थिए । तर लामिछाने कांग्रेसले घेरिरहेको वेल छिचोलेर रोस्ट्रममा बोल्न जान पाएनन् । त्यसपछि प्रतिनिधिसभाको बैठक जेठ १ सम्मका लागि स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *