Skip to main content

Epost Nepal

बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

१७ बैशाख, धनगढी – बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

सोमबार दिउँसो सकिएको मतगणनामा भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका छन् ।  सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *