Skip to main content

Epost Nepal

पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

१८ चैत्र, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आइतबार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएकोले मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *