Skip to main content

Epost Nepal

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमत पार्टीले

९ माघ, जनकपुर – मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाउँदै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *