६ जेठ, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्। ‘मेरो प्रश्न छ- हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिऊँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिजीले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्य मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई सम्झिएर भने हुन्छ कि मेरा लागि आएको त्यो अफर थियो…
६ जेठ, काठमाडौं - नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको बताएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको उनले उल्लेख गरे । ‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय…
६ जेठ, काठमाडौं - कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो 'संसदीय छानबिन समिति बनाउने विषयलाई सकारात्मक लिएका छौं । रवि लामिछानेले बोल्ने समय माग्नु भएको छ । हामी उहाँलाई सुन्न तयार छौं' बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,' छानबिन समिति नबनिकन सरकारी बिजनेस प्रवेश गर्न चाहिँ हामी दिन्नौं ।' उनले लामिछानेलाई सभामुखले बोल्नु दिए अवरोध नगर्ने उल्लेख गर्दै उनले बोलेका कुराले समितिको कार्यक्षेत्र तोक्नका लागि सहज…
५ जेठ, काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । शनिबार पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन् । 'उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस्। त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन,' कोइरालाले भने । लामिछाने गृहमन्त्रालयमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने उनले बताए । 'गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ?,' उनले भने । नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी…
५ जेठ, काठमाडौं - नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताएक छन् । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए। नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप समेत लगाए । उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको भन्दै देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै ब्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी ब्यस्त कोही पनि छँदै छैन होला ।…
५ जेठ, काठमाडौं - सहकारीको बचत रकम ठगीमा छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबिच शनिबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्मा जारी अवरोध हटाउने उपायका बारेमा छलफल भएको थियो । कांग्रेसले संसदीय छानबिन समितिको कार्यक्षेत्र के कस्तो बनाउने भन्ने विषयमा छलफल गर्नका लागि संसद्मा प्रतिनिधित्व दलहरूबीच कुराकानी गर्न तयार रहेको बताएको छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार सत्ता र प्रतिपक्षबाट संसद्मा जारी अवरोध हटाउने उपाय के हुनसक्छन् भन्ने आ-आफ्ना अडानयुक्त धारणा सार्वजनिक भइसकेको अवस्थामा अब संसदीय समिति बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखिएको थियो । संसदीय छानबिन समिति गठन गर्नका लागि…
३ जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेकोले संसद्भित्र अप्रिय स्थितिको सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभा बैठकपछि बिहीबार पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसद्भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएकोले त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताए । उनले संसद्मा जबर्जस्ती कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उल्लेख गरे । 'प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे-जति कुराहरु सदनभित्र गराउनका…
३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका थिए ।पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिए । कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरेका थिए । कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि…
३ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पौडेलले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए । उनले कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताए । उनले अनियमितताविरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए । उनले भने, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ । विपक्षमा बसेर कांग्रेसले प्रश्न गर्यो, सत्तामा बसेर सत्तारुढ दलहरुले कांग्रेसलाई प्रश्न गरिरहेका…
३ जेठ, काठमाडौं - सत्तारुढ अन्य दलहरू सहकारीको बचत अपचलनबारे छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले छानबिन समिति गठनको माग गरेको छ । केन्द्रीय कमिटीका निर्णय बिहीबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दै नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दु:खद भएको उल्लेख गरेको छ । कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि…