Skip to main content

Epost Nepal

राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री भन्दा बढी ब्यस्त कोही पनि छँदै : माधवकुमार नेपाल

५ जेठ, काठमाडौं  – नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताएक छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए।

नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप समेत लगाए ।

उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको भन्दै देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै ब्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी ब्यस्त कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ। नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो ? यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहान्छौँ । यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *