Skip to main content

Epost Nepal

Breaking News 3

राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय पाएका छैनन् : कृष्णप्रसाद सिटौला

राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय पाएका छैनन् : कृष्णप्रसाद सिटौला

२२ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अबिलम्व टुंग्याउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद सिटौलाले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दल राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने सिटौलाको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेमा दलहरू बीचको विश्वास संकटग्रस्त बन्दै जाने पनि उनको भनाइ थियो । ‘सशस्त्र द्वन्द्वको दुईवटा मुल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्म १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्म १० घण्टा बन्द हुने

२१ जेठ, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले ०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् । यो अवधिमा त्रिभुवन अन्तर्राििष्ट्रय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । ‘काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न…
Read More
गिरीबन्धु टी स्टेट प्रकरणबारे बालेनलाई सोध्नुस् : केपी शर्मा ओली

गिरीबन्धु टी स्टेट प्रकरणबारे बालेनलाई सोध्नुस् : केपी शर्मा ओली

२१ जेठ, काठमाडौं - सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका ओलीले गिरीबन्धुबारे मेयर शाहलाई सोध्न भनेका हुन्। मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । सञ्चारकर्मीहरुको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्  !’
Read More
बालेन्द्र शाहले केपी शर्मा ओलीलाई भने – गिरीबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ

बालेन्द्र शाहले केपी शर्मा ओलीलाई भने – गिरीबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ

२१ जेठ, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रति आक्रोश पोखेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका हुन् । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका छन् । गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, “झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर…
Read More
ट्राफिक नियम उल्लंघनमा  स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघनमा स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२० जेठ, काठमाडौं - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उल्लंघनकर्तालाई जरिवानाका अतिरिक्त ट्राफिक स्वयंसेवी बनाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । कृष्ण विकसहित रविन्द्र पौडेल,आकाश कुमार भट्ट,प्रमेश पौडेल,उज्जवल माली,इमामुल हक र राजु परियारले गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा मानवअधिकारको उल्लंघन हुनुका साथै नागरिकहरूको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक छिनिएको, सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने…
Read More
वित्तीय समानीकरण अनुदान कटौती सच्याउन स्थानीय तहका जनप्रतिनिधिको अल्टिमेटम

वित्तीय समानीकरण अनुदान कटौती सच्याउन स्थानीय तहका जनप्रतिनिधिको अल्टिमेटम

२० जेठ, काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २६ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ । तोकिएको अनुदान पाउनुपर्ने माग ७ दिनभित्र सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले दिएको छ । आइतबार यी दुवै संस्थाका प्रतिनिधिले अर्थ मन्त्रालय बाहिर धर्ना र प्रदर्शन गरेका छन् । डेढसय भन्दा बढी गाउँपालिका…
Read More
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखियो: केपी शर्मा ओली

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखियो: केपी शर्मा ओली

१९ जेठ, काठमाडौं - सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको आलोचना गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए । ओलीले भने,  ‘हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा…
Read More
पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घट्यो मूल्य

पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घट्यो मूल्य

१८ जेठ, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । यसअघि पेट्रोलको १ सय ७१ र डिजेल/मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।
Read More
डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३

डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३

१८ जेठ, काठमाडौं - नेपाल राष्ट्र बैंकका अनुसार बबैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजार पाँच सय ८९ पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३, मोबाइल बैंकिङ ग्राहकको सङ्ख्या दुई करोड १३ लाख ६३ हजार नौ सय ८९, इन्टरनेट बैंकिङ ग्राहक सङ्ख्या १८ लाख ५६ हजार एक सय ९५ र कनेक्ट आईपिएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख आठ हजार चार सय ३६ रहेका छन् । सोही अवधिमा एटीएम मेसिनको सङ्ख्या चार हजार आठ सय ५५, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड १३ लाख ६४ हजार, निक्षेप खाता सङ्ख्या पाँच…
Read More
सत्ता गठबन्धन तत्काल भत्किदैन: पुष्पकमल दाहाल

सत्ता गठबन्धन तत्काल भत्किदैन: पुष्पकमल दाहाल

१८ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’ उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले…
Read More