Skip to main content

Epost Nepal

पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घट्यो मूल्य

१८ जेठ, काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । यसअघि पेट्रोलको १ सय ७१ र डिजेल/मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *