१७ जेठ, काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार समितिबाट पारित भएको हो। पारित विधेयकमा अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशतले संवैधानिक परिषद्मा निर्णय हुनसक्ने उल्लेख छ । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैले अब प्रधानमन्त्रीसहितको ५० प्रतिशत सदस्यको सहमतिमा निर्णय हुनेछ । परिषद्को बैठकमा कुनै सदस्य उपस्थित हुन नसके उपस्थित हुन नसक्ने कारणसहितको जानकारी बैठक बस्ने समयभन्दा २४ घण्टा अगावै अध्यक्षलाई जानकारी गराउनुपर्ने प्रावधान पनि विधेयकमा समावेश भएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख,…
१७ जेठ, काठमाडौं - ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुने भएको छ । समितिका सभापति रामहरि खतिवडाले कसैको सनकका भरमा कानुनमै नभएको कुरा लागू गर्न नहुने बताए । बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले मन्त्रीको निर्देशनका आधारमा नागरिकको वैयत्तिक अधिकार हनन गर्न नहुने बताए । 'हामीले संविधान निर्माण गर्यौँ । सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ । कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ । कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन । अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा…
१७ जेठ, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले बिहीबार बिहान नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको बताए । ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’ मधेश प्रदेशमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री दाहालको भनाइ छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेपालसहित, जसपा नेपालका अध्यक्ष उपेन्द्र…
१७ जेठ, काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगेर खानेहरू प्रवेश गरेकाले ठूला सहकारी संकटग्रस्त बन्न पुगेको बताएका छन् । बुधबार काठमाडौंको प्रज्ञा भवनमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै उनले ठगहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम बन्न पुगेको बताए । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो । ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरु सहकारी प्रवेश गरेको हुनाले केही ठूला सहकारी बद्नाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन्' अध्यक्ष ओलीले भने,' तर साँच्चैका सहकारीहरु…
१५ जेठ, काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१सम्म कृषि दशक मनाउने घोषणा गरेका छन् । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने बताए । त्यस्तै अर्थमन्त्री पुनले कृषिको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्द्धन गरिने बताए ।
१५ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताएका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन् । उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन्। आफ्नो जीवन उत्सर्ग गर्ने…
१५ जेठ, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौं गणतन्त्र दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन् । ‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले…
१४ जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । उक्त रिटमाथि छलफल गर्न आउँदो बुधबारका लागि पेशी तोकिएको छ । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट…
१३ जेठ, काठमाडौं - प्रतिनिधिसभाको आइतबारको बैठकबाट सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो । नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन…
१३ जेठ, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएको खुलेको छ। प्रधानमन्त्री दाहालसँगको भेटमा कांग्रेस सभापति देउवाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्नु गलत हुने बताएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा खुलासा गरेका हुन् । ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम…