Skip to main content

Epost Nepal

Breaking News 3

जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१५ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताए । ‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरूरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’ समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य…
Read More
सरकारले गर्यो राजदूत फिर्ताका साथै नयाँ सिफारिस

सरकारले गर्यो राजदूत फिर्ताका साथै नयाँ सिफारिस

१४ साउन, काठमाडौं - सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । त्यस्तै पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले भारतसहित केही देशका लागि राजदूत सिफारिस गरेको हो । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ । त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर,…
Read More
छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

१३ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ । कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति…
Read More
एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१२ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने भन्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण गराए । उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो…
Read More
चालु वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

चालु वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ। असल कर्जाको नोक्सानी प्रवधान घटाएको छ। निर्माण क्षेत्रलाई सहयोग पुग्ने गरीका सुविधाहरू पनि मौद्रिक नीतिमार्फत् अघि सारिएको छ। राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ। मौद्रिक नीतिको पूर्णपाठ_2081-082
Read More
स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई

स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई

१० साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने बताएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ कोे कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए । 'स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी…
Read More
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

९ साउन, हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता लामासहित मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि मंगलबार लामालाई शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । उनी तामाङ समुदायबाट मुख्यमन्त्री हुने पहिलो व्यक्ति पनि बनेका छन् । लामाले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेसका तीनसहित सत्तासाझेदार दल एमालेबाट नियुक्त भएका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसहित १३ जनाको मन्त्रीहरूले शपथ लिने…
Read More
डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

८ साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको हो । 'तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,' प्राधिकरणको निर्णयमा भनिएको छ, 'लाइन काटिएका ६(छ) वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।' प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको…
Read More
संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

८ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएकाले असफल हुने छुट नरहेको बताए । “यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।” उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए…
Read More
भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै सुशासन कायम गर्नु सरकारले प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै सुशासन कायम गर्नु सरकारले प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

७ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी कारोबार अन्त्य गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद धानराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले  मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य…
Read More