२१ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, 'विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।' द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे । नेपालमा…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कामलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । सत्तारुढ कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले इतिहासमा बोली नभइ कर्म बिक्ने स्मरण गराए । कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर थियो । उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्मा ल्याएर पारित…
२० साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको बताए । महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत…
१९ साउन, काठमाडौं - माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न चालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएकाहरूले राजनीतिक समीकरण परिवर्तन गरेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पुनले नेपालमा बिचौलियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति तथा सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने बताए । ‘अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,' पुनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन ।…
१९ साउन, काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताए । उनले इतिहासको कठिन मोडमा कांग्रेस-एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे । भट्टराईले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिए…
१८ साउन, काठमाडौं - नवनियुक्त तीन राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार राज्यमन्त्री नियुक्त भएका तीन जनाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शुक्रबार कांग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रूपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । योसँगै २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
१७ साउन, काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिको बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र कानुनी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । 'हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित…
१७ साउन, काठमाडौं - तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
१७ साउन, काठमाडौं - नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू फेरबदल गरेको छ । एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको हो । एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ । यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव,…
१६ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव गरेका थिए । त्यसमध्ये एउटा प्रस्ताव थियो, विधानको पालना गर्ने नेता–कार्यकर्ता । ‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भनेका थिए । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए । ‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को…