Skip to main content

Epost Nepal

Breaking News 3

अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन: खानेपानीमन्त्री प्रदीप यादव

अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन: खानेपानीमन्त्री प्रदीप यादव

१२ भदौ, काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताएका छन् । खानेपानी मन्त्रालयले बुधबार मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताए । उनले भने, 'पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।' मन्त्री यादवले जनताका जायज…
Read More
सरकार जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ: माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकार जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ: माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

११ भदौ, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार प्रतिनिधिसभामा बोल्दै सरकारको भूमिकामाथि प्रश्नै प्रश्न तेर्साएका छन् । प्रचण्डले सम्बोधनको सुरुवातमा आफू सरकारको 'हनिमुन पिरियड' पनि पर्खन नसकेको बताए । “प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोस्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, गरिनँ । किनकि, म सरकारलाई 'हनिमुन पिरियड'सम्मैशंकाको सबै सुविधा दिने पक्षमा थिएँ,” प्रचण्डले भने । उनले भने, “सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालिस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु ।” उनले जनताले सम्मानित संसद्‌माथि गरिरहेको विश्वास पनि कमजोर हुने भएकाले आफूले खबरदारी गर्ने निर्णयमा पुगेको बताए । सम्बोधनको पूर्णपाठ :  सभामुख महोदय, प्रमुख…
Read More
अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर  काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

१० भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । उनले भने, 'वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।' वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान…
Read More
आफूहरुको सहभागिताबिना संविधान संशोधन असम्भव: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

आफूहरुको सहभागिताबिना संविधान संशोधन असम्भव: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

९ भदौ, काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित पार्टी केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको भन्दै त्यसमा आफूहरुको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन् । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो । ‘संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के ? बुझ्न सकिएको छैन । त्यो हुनाले अहिले नै म धेरै टिप्पणी गर्न चाहन्न । पहिले विषयवस्तुहरु आओस्, कुराहरु आओस् । तर…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भन्छन्: जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भन्छन्: जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी

८ भदौ, चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । 'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,' उनले भने, 'त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।' सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए। उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका…
Read More
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालको १ खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालको १ खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा

८ भदौ, काठमाडौँ - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको…
Read More
गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

७ भदौ, काठमाडौँ - नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा एमाले हुने भएकाले अब कांग्रेसले संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए । “२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।” सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ । “यो पनि…
Read More
युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

७ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिका प्रश्नलाई स्वभाविक भन्दै स्वीकार गरेका छन् । नेतृत्व गरेको ३६ वर्ष युद्ध र युद्धपछि पनि उथलपुथलमा गुज्रिएको भन्दै जनार्दन शर्माका प्रश्न स्वाभाविक भएको बताएका हुन् । वाग्मती प्रदेशस्तरीय दुईदिने परामर्श बैठकको समापनमा उनले आफू नेतृत्वमा रहिरहन इच्छुक नभए पनि तत्काल छोड्ने पक्षमा पनि नरहेको बताएका छन् । “३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । मेरो नेतृत्व आनन्ददायी रहे, आँधिमय रह्यो,” अध्यक्ष प्रचण्डले भने, “युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ । प्रचण्डलाई प्रभाकरले यसो भने पनि प्रचण्ड अध्यक्षभन्दा माथि छ ।” आफूमाथिका गम्भीर टिप्पणीलाई स्वभाविक स्वीकार गरेका उनले आफू इच्छा…
Read More
निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ: प्रधानमन्त्री केपी शर्मा ओली

निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ: प्रधानमन्त्री केपी शर्मा ओली

६ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजश्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए । घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको उनले बताए । 'सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई…
Read More
डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ: प्रधानमन्त्री केपी शर्मा ओली

डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ: प्रधानमन्त्री केपी शर्मा ओली

५ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । 'साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।' मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना…
Read More