३ भदौ, काठमाडौँ - भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । राणा र जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भएको द्विपक्षीय कुराकानीमा ‘नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको’ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । साथै, बैंठकपछि एक्समा लेख्दै परराष्ट्रमन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताइन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो…
२ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रणाली उपयुक्त छ/छैन भनेर छलफल गर्ने बेला नभएको बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले यही व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्ने बताए । “हामीले स्थापना गरेको प्रणाली उपयुक्त छ कि छैन भनेर छलफल गर्ने पनि गर्ने बेला भएको छैन । बेला होइन यो,” उनले भने, “जे प्राप्त गरेका छौँ, त्यसलाई सुदृढ गर्ने, प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, सफल बनाउने र अगाडि जाने बेला हो ।” उनले लोकतन्त्र छाडा शासन नभएको बताए । नीति, कानुन मान्दिनँ भन्ने सनकका अभिव्यक्तिले कहीँ नपुर्याउने उनले उल्लेख गरे । “कुनै योगदान…
२ भदौ, काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने बताएका हुन् । उनले जस्तोसुकै चुनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ । कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे…
१ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । 'पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,' उनले भने । फरक प्रसंगमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन् । उनले भने,‘केही विषय फेरि,…
१ भदौ, काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।…
३२ साउन, काठमाडौँ - सरकारले लगातार दुई वर्षसम्म वैदेशिक रोजगारीमा सय जना श्रमिक समेत पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकलेले ‘आर्थिक वर्ष २०७९/८० र ०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एकसय जना नेपालीलाई पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजतपत्र आव ०८१/८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एकपटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष पनि सय पठाउन नसक्ने दुईसय ६५ वटाको म्यानपावरको नवीकरण भएको थियो । २०७५ चैत १९ मा इजाजत प्राप्त म्यानपावर कम्पनीले वर्षमा सय जना पठाउनै…
३२ साउन, काठमाडौँ - सांसदहरुले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मार्फत डिजिटल कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुन सक्ने धारणा राखेका छन्। सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए । सांसदहरुले बैंकिङ प्रणालीमा असर पर्ने खालका गतिविधिलाई…
३१ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् । नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले देश र जनताका लागि गर्नै पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस् तयारी गर्न निर्देशन दिए । उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत्प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट पारे । 'हामी…
३० साउन, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको…
३० साउन, काठमाडौँ - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 'संक्रमणकालीन न्याय टुंगोमा पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियाली रहेका छन्,'देउवाले भने,' यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको छ। सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन् ।' उनले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताए…