१४ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा विपद्का बेला सबैको हातेमालोको आवश्यकता पर्ने बताए । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताए । त्यस्तै उनले सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए । 'विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना…
१३ असोज, काठमाडौं - सर्वदलीय बैठकले बाढी-पहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित बासस्थान र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले ९ वटा निर्णय गरेको छ । निर्णयहरु: १. अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २. अविरल वर्षाको कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने । ३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अबरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका…
१२ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । सडक विभाग कार्यालयले शनिबार दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीपहिरो तथा डुबानका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । ´ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्कविच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन,' अर्यालले भने, 'पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष…
१२ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकाबाट मात्रै साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिए । मुलुकमा ठुलो विपद्को स्थिति रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । उनले भने, ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान…
१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
१२ असोज, मकवानपुर - अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएपछि ड्यामको ढोका खोलिएको हो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष…
१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ । राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।
११ असोज, काठमाडौं - काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् । प्रहरीले यस सुरक्षा योजनाका लागि ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ नारा तय गरेको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाएको हो । लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा…
१० असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले गठबन्धनविरुद्ध सदन र सडकबाट आन्दाेलन गर्ने बताएका छन् । अखिल क्रान्तिकारीको २३औं सम्मेलनको उद्घाटन गर्दै दाहालले प्रतिपक्षकाे सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने दाबी गरे । सरकारमा रहँदा दलाल पुँजीपतिहरुको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने उल्लेख गरे । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं । तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’ उनले संविधानविरुद्ध उभिने खोजे माओवादीले प्रतिरोध गर्ने बताए । ‘फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर…
९ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयसम्बन्धी बाहिर नकरात्मक टीकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाइ नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने बताए । विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । 'अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,' उनले भने, 'आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।' गृहमन्त्री लेखकले अध्यागमनका सौर्हादपूर्ण, सहिष्णु,नरम र सेवामुखी हुन जरुरी रहेको…