Skip to main content

Epost Nepal

Breaking News 3

सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान

सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान

२३ असोज, काठमाडौं - यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ । सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्‌बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए । “स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुंगे पुल आंशिक क्षति र ३२ झलुंगे पुल पूर्ण रूपमा क्षति पुगेको…
Read More
यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक

यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक

२३ असोज, काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

२२ असोज, काठमाडौं - सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हालै एक वक्तव्य जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को सुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।…
Read More
४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार

४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार

२१ असोज, काठमाडौं - तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रेस काउन्सिल नेपालले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानूनी कारबाहीको लागि प्रहरीलाई लेखिपठाइएको काउन्सिलले जनाएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय भएको हो । काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारबाही तीव्र…
Read More
विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार छ: नारायणकाजी श्रेष्ठ

विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार छ: नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौं - प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बाढीपहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । श्रेष्ठले विपद्पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्ने बताएका थिए । विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार रहेको श्रेष्ठले बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री…
Read More
सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

१९ असोज, काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री संघ घोषणा कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए । ‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । उनीहरूसँग मैत्रीपूर्ण,…
Read More
विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

१८ असोज, काठमाडौं - नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘संघीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र…
Read More
बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना छैन: सचिव केशवकुमार शर्मा

बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना छैन: सचिव केशवकुमार शर्मा

१७ असोज, काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन् । सचिव शर्माले मन्त्रालयको टोलीले बीपी राजमार्गको स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै दसैँ अगाडि खुल्ने सम्भावना नभएको बताएका हुन् । ‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू रहेका छन् । गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ,' उनले भने, 'सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने…
Read More
मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग कांग्रेसको आग्रह

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग कांग्रेसको आग्रह

१६ असोज, काठमाडौं - नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले जनतामा पीडामा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको हो । 'देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर- तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ,' बरालले विज्ञप्तिमार्फत भनेका…
Read More
राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

१५ असोज, काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिले  सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले सरकारलाई हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न पनि निर्देशन दिएको छ । 'हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,' समितिको निर्णय…
Read More