८ असोज, काठमाडौं - संसदीय सुनुवाई समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुई तिहाईले अस्वीकृत गरेको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिए । स्नातक पास गरेको प्रमाणपत्र बुझाउन नसकेपछि यसअघि समितिले भट्टराईको नामबारे निर्णय गरेको थिएन । प्रमाणपत्र प्राप्त नभएपछि भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारीसँगै बैठक अघि नै व्यस्तताको कारण देखाउँदै भट्टराईले प्रस्तावित राजदूतबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएका थिए । त्यस्तै…
७ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेट भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच न्युयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको हो । भेटपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन् । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन् । उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको उल्लेख गरेका छन् । भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी…
६ असोज, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व बढाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा महामन्त्री थापाले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी समेत गरे । महामन्त्री थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको र निर्वाचन प्रणालीबाटै सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने स्पष्ट पारे । उनले भने, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन…
६ असोज, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको थियो ।
५ असोज, दाङ - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन । ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । त्यस्तै उनले लामिछानेले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरे । ‘गोरखा…
४ असोज, काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसकिने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने बताएका हुन् । महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए । उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह…
४ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा…
३ असोज, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेका छन् । 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…
२ असोज, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको 'एक महिने विशेष अभियान'को शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए । उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए । ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ ।…
१ असोज, काठमाडौं - नेकपा (एमाले)का महासचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गुरुङले जिल्ला समन्वय समितिको काम नभएको टिप्पणी गरेका हुन् । “जिल्ला समन्वय समिति खारेजको एक नम्बरमा पर्नुपर्छ, एक प्रतिशत पनि काम छैन । किन ल्याएको हो ? कसरी ल्याएको हो ? थाहा छैन,” उनले भने । उनले प्रदेश सरकार कमजोर बनाउन स्थानीय सरकारको अवधारणा सुरु भएको दाबीसमेत गरे । “मधेससँग हामी आतंकित थियौँ, कहीँ यसले देश टुक्र्याउने हो कि भनेर । प्रदेशलाई बलियो बनायो भने त दुई–तीनवटा प्रदेश मर्ज भएर काठमाडौंलाई चुनौती दियो भने त के गर्ने…