२२ मङ्सिर, चितवन - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर नहुने बताएका छन् । शनिबार चितवनमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने बताए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन,’ उनले भने । कोइरालाले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिए । एक फरक प्रसंगमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान भएको उनले बताए ।
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् । चीनको औपचारिक चार दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए । कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,' ओलीले भने, 'हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।' निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस…
२० मङ्सिर, काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको बताएका छन् । ‘आर्कविल्ड एक्स्पो २०२४’को काठमाडौंमा बिहीबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले बौद्धिक पलायतको समस्या समाधानको पहल लिनुपर्ने बताए । 'दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञ, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ,' उनले भने । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षसमेत रहेका भट्टराईले नेपालजस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम…
१८ मङ्सिर, काठमाडौं - नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल-चीनबीच भएका सहमति र समझदारी * टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान * नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान * ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान * भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर * विकास योजनासम्बन्धी…
१४ मङ्सिर, स्याङ्जा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । स्याङ्जाको मिर्मीमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो । 'यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,' उनले भने, 'म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।' अझै…
१२ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरु जारी रहेको बताएका छन् । छैटौँ एसियाली जनसंख्या सम्मेलनको आज उद्घाटन गर्दै उनले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले काठमान्डू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए । उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए । उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय…
११ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढंगले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए । “अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन,” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “त्यसका निम्ति राज्य छ र सरकार छ ।” वर्तमान सरकार सामाजिक न्याय…
९ मङ्सिर, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् । उपनिर्वाचनमा सेना परिचालन गर्न प्रधानमन्त्रीको २०८१ मंसिर ६ को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यही मंसिर १६ गते देशभर ४१ पदमा उपनिर्वाचन हुँदैछ ।
७ मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे । 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन । कमाउन आएको छैन । आफ्ना मान्छे भर्ती गरेको छैन । एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?' ओलीले धेरै प्रकारका मान्छेले धेरै प्रकारका हल्ला फैलाए पनि एमाले कागको पछि नलाग्ने स्पष्ट…
६ मङ्सिर, कैलाली - गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा एजेन्डा प्रस्तुत हुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलका तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेन्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे । मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे । उनले सत्तासाझेदार प्रमुख दुई दलबीच हाल कुनै विषयमा असमझदारी नभएको जिकिर गरे । लोकतन्त्र र संविधानका विरुद्धमा गरिने कुनै पनि गतिविधि सैह्य नहुने उनले…