Epost Nepal

राजावादी आन्दोलनको अराजकता सह्य नहुने, दोषीलाई कडा कारबाही हुने: गृहमन्त्री लेखक

१६ चैत, काठमाडौं — गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनको नाममा भएको हिंसात्मक आक्रमणलाई आपराधिक कार्यको संज्ञा दिँदै संलग्नहरूमाथि कानुनी कारबाही हुने बताएका छन्।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनधनको क्षति गर्ने तत्वहरूमाथि विस्तृत अनुसन्धान गरी कडा कारबाहीको प्रतिबद्धता जनाए।

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको आन्दोलन उग्र बन्दा दुईजनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा समेत आगजनी गरेको गृहमन्त्री लेखकले पुष्टि गरे।

गृहमन्त्री लेखकले आन्दोलन कुनै राजनीतिक दर्शन, सिद्धान्त वा चेतनासँग सम्बन्धित नभई योजनाबद्ध आक्रमण भएको बताए। घरभित्र मानिसहरू रहेको स्पष्ट थाहा हुँदाहुँदै आगजनी गर्नु अमानवीय कार्य हो। यस क्रममा एक पत्रकारको ज्यान गएको , भने प्रहरीले नागरिक सुरक्षाका लागि हस्तक्षेप गर्दा अर्का एक जनाको मृत्यु भएको ,” उनले भने।

मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गृहमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले हिंसात्मक प्रदर्शनको गम्भीर निन्दा गर्दै भने, यो कुनै शान्तिपूर्ण विरोध थिएन, यो योजनाबद्ध आक्रमण थियो। सञ्चारगृह, गणतन्त्र समर्थक नेताका घर तथा पार्टी कार्यालयमा तोडफोड, निजी तथा सरकारी सम्पत्तिको विनाश, सपिङ कम्प्लेक्सहरूमा तोडफोडजस्ता आपराधिक गतिविधि सह्य हुने छैनन्। दोषीहरू कानुनी दायरामा आउँछन्।

उनले घटनाको विस्तृत अनुसन्धान भई दोषीहरूमाथि कानूनअनुसार कडा कारबाही हुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search