Epost Nepal

अब विकास निर्माणको गति नरोकिने : प्रधानमन्त्री केपी शर्मा ओली

२१ साउन, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन् ।

राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।’ द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे ।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दू्रत मार्गको सुरुङ निमार्णले त्यसलाई खण्डन गरेको बताए । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तकारुपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्णशान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राखे ।

उनले देश विकास होस, नागरिकको जीवनस्तर माथि उठोस, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकाङ्क्षा पुरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे ।  अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पु-याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पु-याउने बताए ।

उनले सुरु गरेका काम समयमै सम्पन्न गर्न पूर्वाधार विकाससँग जोडिएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search