१४ साउन, काठमाडौं – सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । त्यस्तै पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिरिषद् बैठकले भारतसहित केही देशका लागि राजदूत सिफारिस गरेको हो । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ ।
त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएका हुन् ।



