Skip to main content

Epost Nepal

राजेन्द्र लिङ्देनले भौतिक मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्याते

४ असार, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन् ।

मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै पुस्तिका च्यातेका हुन् ।

‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर (विनियोजन पुस्तिका च्यात्दै) हुर्‍याउने मन छ तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर जहाँ हुर्‍याउनुपर्ने त्यहाँ चाहि मैले नहुर्‍याएर यहाँ राख्छु ( च्यातेको पुस्तिका रोष्ट्रममै छोडे),’ लिङ्देनले भने, ‘यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्र बाहेकको सबैं प्रतिनिधिसभा सदस्यहरूको मनको कुरा हो यो ।’

बजेट विनियोजन गर्दा मनपरी गरिएको भन्दै लिङ्देनले आपत्ति जनाए । ‘यसरी सामान्य लाजघिन पनि नराखेर राज्यस्रोतमाथि यसप्रकारको मनपरी कतिदिनसम्म माननीय सदस्यहरूले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने ?,’ उनले भने, ‘यो देख्छन् । पढिने, देखिने चिज हो भन्ने कुरा पनि ख्याल नराख्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *