Skip to main content

Epost Nepal

नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति: आन्दोलन फिर्ता हुँने

३ असार, काठमाडौं – नेपाल आयाल निगम र नेपाल पेट्रोलियम चालक संघ बीच सहमति भएको छ।

सहमतिसँगै संघले आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *