Epost Nepal

गृहमन्त्री रवि लामिछानेलाई गगनकुमार थापाको आग्रह धम्क्याउने होइन, फाइल खोल्नतिर लाग्नुस् 

६ जेठ, काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन् ।

थापाले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरु रोकिएको बताए ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतबार बेलुकी पत्रकार सम्मेलन गर्दै थापाले गृहमन्त्री लामिछानेले संसद्‌मा टेलिभिजन प्रस्तोताको जस्तो गरी आक्रोश पोखेको र तिमीहरु सबैले हिजोदेखि चोर्‍यौँ, अहिले मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बताए ।

‘यो संसदीय छानबिन समिति सहकारीको रकम अपचलन भएको कारणमात्रै आवश्यक भएको होइन, त्यो ठगी प्रकरणमा देशको उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत आरोपित रहेको प्रमाणहरु सार्वजनिक भएका कारणले हो । त्यसकारणले यहाँ व्यक्ति तोकेर, सहकारीको नाम नै तोकेर संसदीय छानविन समिति बनाउनुपर्ने परिस्थिति बनेको हो,’ महामन्त्री थापाले भने ।

भ्रष्टाचारको फाइल खोल्ने, छानबिन गर्ने, अनुसन्धान गर्ने निकायको नेतृत्वमा रहेर गृहमन्त्री लामिछानेले संसद्‌बाट कसैलाई पनि धम्क्याउन आवश्यक नभएको थापाको भनाइ छ । ‘तपाई गृहमन्त्री हुनुहुन्छ । म फाइल खोल्दियौँ, खोल्दियौँ भन्दै धम्क्याउने होइन । छानबिन गर्दियौँ भनेर धम्क्याउन पनि जरुरी छैन । तपाई हामीलाई धम्क्याउने होइन, फाइल खोल्नतिर लाग्नुस् । छानबिन गर्नुस्, किनकि तपाई नै आज त्यो छानबिन गर्ने निकायको नेतृत्वमा हुनुहुन्छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएका कागजात र सो विषयमा प्रहरी र सीआइबीले अनुसन्धान गरेका प्रमाणका कागजागतहरु सार्वजनिक गरेका छन् ।

‘तपाई सम्झिनुस् कि रवि लामिछानेको नाममा हरि लामिछाने भएको भए के हुन्थ्यो ? अहिलेसम्म के भइसकेको हुन्थ्यो ? प्रहरीले सोध्थ्यो कि सोध्दैन थियो ?,’ महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएको खुल्ने कागजातहरु देखाउँदै भने, ‘प्रहरीले तालुकदार मन्त्रालयको नेतृत्वमाथि प्रश्न गर्दैन, गरेन । त्यहीकारण संसदीय छानबिन समिति गठन गर्न, छानबिन गर्न आवश्यक भएको हो ।’

त्यस्तै थापाले आफूबारे छानबिन समिति बनाइदिन पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के-के भन्‍नुभयो। म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस्। लौ न बनाइदिनुस् ।’

सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरेका छन् । ‘गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search