Epost Nepal

संसदीय छानबिन समितिको कार्यक्षेत्र बारे कुराक गर्न तयार: कांग्रेस

५ जेठ, काठमाडौं  –  सहकारीको बचत रकम ठगीमा छानबिन‍ समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहालबिच शनिबार बिहान छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्मा जारी अवरोध हटाउने उपायका बारेमा छलफल भएको थियो ।

कांग्रेसले संसदीय छानबिन समितिको कार्यक्षेत्र के कस्तो बनाउने भन्ने विषयमा छलफल गर्नका लागि संसद्मा प्रतिनिधित्व दलहरूबीच कुराकानी गर्न तयार रहेको बताएको छ ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार सत्ता र प्रतिपक्षबाट संसद्मा जारी अवरोध हटाउने उपाय के हुनसक्छन् भन्ने आ-आफ्ना अडानयुक्त धारणा सार्वजनिक भइसकेको अवस्थामा अब संसदीय समिति बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखिएको थियो ।

संसदीय छानबिन समिति गठन गर्नका लागि सत्तारुढ र प्रमुख प्रतिपक्ष दल तयार भइसकेको अवस्थामा त्यो समितिको कार्यक्षेत्र के हुने भन्ने विषयमा छलफल गर्नुपर्ने कुरा राखेको थापाले जानकारी दिए । ‘संसदीय समिति बनाउने तयार भइसकेपछि अब दुई पार्टी (प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष कांग्रेस) मात्रै नबसौं, सरकारमा सहभागी एमाले र रास्वपालगायत को-को बस्नुहुन्छ, बसौं र संसदीय छानबिन समितिको क्षेत्राधिकारको बारेमा छलफल गरेर जाउँ भन्यौं,’ थापाले भने ।

यसअघि कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बिहीबार संसदीय समिति गठन गरेर जाने र त्यसको कार्यक्षेत्र के हुने भन्ने विषयमा छलफल गरेका थिए । उक्त छलफलमा संसदीय समितिले प्रत्यक्ष रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र उनले रकम अपचलन गरिएको भनिएका सहकारीका विषयमा छानबिन गर्नुपर्ने विषय राख्ने कि नराख्ने भन्नेमा भने सहमति भएको थिएन ।

कांग्रेसले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा रवि लामिछाने र उनले ऋण लिएका भनेका सहकारीको विषय समेट्नुपर्ने अडान राखेको थियो ।

कांग्रेसको प्रस्ताव सुनेपछि प्रधानमन्त्री दाहालले शनिबार दिउँसो २ बजे एमालेलगायतका सत्ताधारी दलहरूसँग छलफल गरेपछि थप कुरा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search