Skip to main content

Epost Nepal

पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नु पर्दछ: केपी शर्मा ओली

२९ बैशाख, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन्।

एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन्।

‘विकासका कुरा कतिले बुझ्दैनन्। कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन्। यो जरुरी छैन भन्ठान्छन्। यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,’ उनले भने, ‘तर पनि हामीले काम गरिरहेका छौँ। अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ।’

उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने पनि बताए। आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने उनले बताए।

‘पूर्वाधार विकास होइन। विकासको आधार पूर्वाधार हो। विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,’ उनले भने।

अध्यक्ष ओलीले पूर्वाधारको विकास हुँदा  कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए।

नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे।

अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न  अभियान सञ्चालन गरेको बताए। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *