Skip to main content

Epost Nepal

सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लियो : कांग्रेस

२९ बैशाख, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्यत रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा महामन्त्री गगन थापाले संसद्‌को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको आरोप लगाए ।

“सरकारले जसरी पनि संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिन खोजेको निष्कर्ष हामीले निकालेका छौँ,” थापाले भने ।

उनका अनुसार आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ। ‘त्यही बैठकले अब के गर्ने भन्ने निष्कर्ष निकाल्छ,’ उनले भने।

सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नतबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा कांग्रेस अडिग रहेको पनि उनले बताए।

गठन हुने छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *