Epost Nepal

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन देशको इन्टरनेट सेवा प्रभावित 

२० बैशाख, काठमाडौं  – विभिन्न कार्यक्रम गरी राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन  देशको इन्टरनेट सेवा एक्कासी प्रभावित  हुन पुगेको छ ।

विगत एक वर्षदेखि सरकारले अन्तर्राष्ट्रिय ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई तिर्नुपर्ने इन्टरनेट सेवा प्रदायकको विदेशी मुद्राको सिफारिस रोकिदिएपछि यस्तो परिस्थिति आएको हो ।

इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र  ग्रामीण दूरसञ्चार विकास कोष (आर टी डी एफ) दस्तुर लाग्ने कि नलाग्ने भन्ने विषयमा लामो समयदेखि सरकार र सेवा प्रदायकबिचको विवाद  जारी छ ।

सेवा प्रदायकले मर्मत सम्भारमा दूरसञ्चार सेवा शुल्क (टी एस सी) नलाग्ने आयमा रोयल्टी र आर टी डी एफ नलाग्ने दाबी गर्दै आएका छन् । सरकारले एकै पटक १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लागु गर्दा ग्राहक शुल्क नबढाउने सर्तमा मूल्य समायोजन गरिएको थियो । आफूहरूसँग गरेको उक्त समझदारी अनुरूप मर्मत सम्भार शुल्क लिन पाउने र त्यसमा टी एस सीका साथै रोयल्टी र आर टी डी एफ पनि नलाग्ने सेवा प्रदायकरूको  बुझाई रहँदै आएको छ ।

तर सरकारले भने मर्मत सम्भार दस्तुरमा पनि रोयल्टी र आरटीडीएफ लाग्ने भन्दै सेवा प्रदायकहरूको नाममा करोड रुपैयाँ बक्यौता उठाउन ताकेता गर्दै आएको छ ।

सेवा प्रदायकहरूले सार्वजनिक लेखा समितिको निर्णय तथा निर्देशनलाई आधार बनाएर मर्मत सम्भारमा रोयल्टी र आर टी डी एफ नलाग्ने भन्दै आइरहेका छन् । समितिको निर्देशनमा महालेखा परीक्षकको कार्यालयले आर्थिक २०७५/०७६ को बेरुजु समेत फर्छ्यौट गरिसकेको छ । सो वर्षक बेरुजु फर्छ्यौट भए पनि त्यस पछिका आर्थिक वर्षको नभइसकेको भन्दै सरकारले सोही शीर्षकको बक्यौता बुझाउन नियमित रूपमा ताकेता गर्दै आइरहेको छ ।

सर्वोच्च अदालतले समेत नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा मर्मत सम्भार दस्तुरमा रोयल्टी र आरटीडीएफ उठाउने निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको अवस्था छ । तर सरकारले भने अदालतको आदेश समेत अवज्ञा गर्दै सेवा प्रदायकले इन्टरनेट ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई गर्नुपर्ने भुक्तानीको सिफारिस एक वर्षदेखि नदिई रोकेर राखेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search